काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आज देखी सुनुवाइ सुरु हुने भएको छ ।
हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबार देखि सुरु हुन लागेको हो ।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।
उनका अनुसार सो सुनवाइ प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० बाट सुरु हुनेछ ।
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार ११ : ५१ बजे
प्रतिक्रिया