‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 मुख्यमन्त्रीका कारण मधेश सरकार अस्तव्यस्त, सेवाग्राहीलाई सास्ती

जनकपुर । मुख्यमन्त्री सतिशकुमा सिंहका कारण मधेश प्रदेश सरकार अस्तव्यस्त भएको छ। त्यसैकारण अहिले मधेशका मन्त्रालयमा सरकारी काम नहुँदा सेवाग्राहीले हैरानी खेप्नुपरेको गुनासो बढ्न थालेको छ । 

मुख्यमन्त्री सिंहले  मधेशमा मन्त्रीहरूको संख्या बढेपछि मन्त्रालयहरूमा काम समेत भद्रगोल बनेको एक सेवाग्राहीले बताए । सरकारप्रति बढ्दो असन्तुष्टिका कारण कर्मचारी समेत मन्त्रालयमा उपस्थित हुन छोडेका छन् । 

मुख्यमन्त्री सिंहले ठुलो मन्त्रिमण्डल गठन गरेको भन्दै त्यसको विरोध अहिले राजधानी जनकपुरमा दैनिक आन्दोलन हुँदै आएको छ। दैनिक आन्दोलनक क्रममा  मन्त्रिपरिषद् ठुलो भएको विरोधमा कुर्सी जुलुसदेखि धर्ना घेराउलगायत आन्दोलन भइरहेको छ ।  

 नागरिक समाज र विद्यार्थीहरूले आन्दोलनका अगुवाइ गरिरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले त प्रदेश सरकारमा मन्त्रीको संख्या उपयुक्त हुने गरी नघटाएसम्म आन्दोलन जारी रहने घोषणा गरेको छ । 

जनमत पार्टीको केन्द्रले मन्त्रिपरिषद् ठुलो बनाएको विषयमा मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको छ तर सिंहले अहिलेसम्म त्यसको जवाफसमेत नदिएको स्रोतले बतायो । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ३१ बजे