‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएसँगै बैठक ७ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा चित्रलेखा यादव, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, गोपाल दहित, मधु आचार्यसहित धारणा राख्नु भएको थियो ।

आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जनसहति पारित गर्ने र समसामायिक विषयमा समेत निर्णय लिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : २४ बजे