साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

​​​​​​​ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।

मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौँ सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।  उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर, सो स्मारक भत्काएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’

यद्यपि, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् । 

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए-इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। उनीहरू अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०४ बजे