साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्स जस्ता लक्जरी ब्रान्डका गाडी खरिदका लागि ९ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत इन्टरनेशनलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्स जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९ दशमलव ९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेक अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशतमध्ये जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् ।

साथै गत पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउने प्रस्तावसमेत पारित भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ५३ बजे