‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दमकबाट इटालियन पेस्तोलसहित एक जना पक्राउ

झापा । प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन् । दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो ।

स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो ।

गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दुई थान म्यागेजिन फेला परेको केसीले बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ ।

‘उनले कहाँबाट पेस्तोल ल्याए र कसलाई बेचबिखन वा आपराधिक कार्यमा प्रयोग गर्न खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ०५ बजे