‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रदेश खारेज गर्न प्रधानमन्त्रीसमक्ष डा. ढकालको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार प्रदेश खारेज गर्नुपर्ने सहितका आफ्ना सुझाव पेस गर्नुभएको छ । 

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिनुभएको छ ।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि,  सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेट्नुभएको छ ।

 अहिले प्रबिधिको प्रयोग बढ्दै गएको समयमा आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गर्नुभएको छ ।

थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ०७ बजे