साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चाडपर्व नजिकिँदै गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन ल्याएको छ ।

क्याम्पेनमा सहभागी हुन ग्राहकले हुन्डाईको नेपालको कुनै पनि सोरुममा गई हुन्डाई गाडीका लाइनअपहरूमध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

टेस्ट ड्राइभमा सहभागीमध्ये साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ । दुई सातासम्म चल्ने यो क्याम्पेनमा सहभागी हुनेहरूलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको कम्पनी जानकारी दिएको छ ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो । नेपालमा २०१५ देखि हुन्डाई क्रेटा बिक्री गर्न सुरु गरेको लक्ष्मीले यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने बताएको छ । 

धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने विभिन्न भेरियन्टहरूमा उपलब्ध नयाँ क्रेटामा छ वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी छ ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै निर्माण गरेको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीसरहकै हुने कम्पनीले दाबी गरेको छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य करिब ४५ र भेन्यु १.२ (एसएक्स) को मूल्य ५३ हजार ५६ हजार रहेको कम्पनीले जनाएको छ । मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

आजैबाट सुरु हुने यस क्याम्पेनमा नेपालभरिका इच्छुक व्यक्तिले ड्राइभिङ लाइसेन्ससहित आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्ने नेपालभरि १६ डिलर र १९ सर्भिस सेन्टर रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाइएको छ । क्याम्पेनको विजेता छनोट साप्तहिक रूपमा लक्की ड्रमार्फत गरी कम्पनीको फेसबुक पेजमार्फत जानकारी गराइने कम्पनीले बताएको छ ।

चाडपर्व नजिकिँदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई  विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरी सवारी साधन किन्ने योजनामा थप मद्दत पुग्ने बताइएको छ ।
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ५७ बजे