‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो

मोरङ ।  विराटनगर महानगरपालिका–५ बरगाछी स्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ ।

विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।    

आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको अस्पतालले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अस्पतालका अनुसार आगलागीबाट रु एक करोड ५० लाख बराबरको क्षति भएको छ । 

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको बताउनुभयो । आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उहाँको भनाइ छ । हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ । 
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : २७ बजे