सुनको मूल्यमा नयाँ कीर्तिमान

विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिए युवा र खेलाडी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । 
एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपाल विपक्षी गठबन्धनको विरुद्वमा सडक प्रदर्शनमा उत्रिएको हो । 

रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेको हो  ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा महासंघका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्  ।

 

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोक्नुभएको थियो । ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन भएको हो । उता  युवा संघ नेपालले बिजुली बजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको छ । युवांसंघका कार्यकर्ताहरुले केपी ओलीको तस्बिर सहित आइएम विथ केपी ओली भन्दै प्रदर्शन गरेका हुन । 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ४९ बजे