‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा शिष्टाचार  भेटवार्ता भएको छ।

उहाँ दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नुभएकाे हाे ।

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो । 

सो भ्रमणको क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ नेपाल आउनुभएकाे हाे । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएकाे थियाे । 

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा जानुभएकाे  थियाे ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : ४५ बजे