साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सन नेपाल लाइफको नाफा साढे ५७ करोड,यस्तो छ अन्य वित्तीय अवस्था  

काठमाडौं । सन नेपाल लाइफले एक वर्षमा साढे ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो आवको तुलनामा भने २६.५३ प्रतिशत कमी हो । अघिल्लो आवमा कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन भने १५.७८ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीको यस्तो बिमा शुल्क आर्जन २ अर्ब ९८ करोड २० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल दाबी भुक्तानी पनि १०.५९ प्रतिशत वृद्धि भई २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको कुल आम्दानी पनि १४.२४ प्रतिशत बढेर ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि दोहोरो अंकले बढेको देखिन्छ । गत वर्ष कम्पनीको कुल खर्च १२.४७ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।

 हाल कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा कायम भएको छ भने हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ५४ बजे