साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचक ९४ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।

आज नेप्से परिसूचक ९४ दशमलव ५३ अंकले बढेर २ हजार ८६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो ३ दशमलव ४१ प्रतिशतको वृद्धि हो । ३३० कम्पनीको छ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर २ लाख ७५ हजार २०७ पटक खरिद बिक्री हुँदा रु. २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह ४ दशमलव ५५ र लघुवित्त समूह ४ दशमलव ४० प्रतिशतले बढेको छ ।

बैंकिङ ३ दशमलव ३५, विकास बैंक २ दशमलव ५८, वित्त ३ दशमलव ४८, होटल तथा पर्यटन ० दशमलव ९०, जलविद्युत् ३ दशमलव ९३, लगानी ४ दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ७५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड ० दशमलव ०१, निर्जीवन बीमा ३ दशमलव ४५, व्यापार २ दशमलव ९१ र अन्य समूह २ दशमलव ५१ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३ सय ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार ६८६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ३९ बजे