साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेशका बैंकबाट २ लाखभन्दा बढी निकाल्न नपाइने

ढाका । बंगलादेशको केन्द्रीय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ ।

२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।

यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरूलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।

बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ ।

ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : १३ बजे