‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

‘सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो । 

मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायत कुलतमा लागेका व्यक्तिहरूले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । 

देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरू सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरू बढ्दै जानु चिन्ताको विषय भएको चर्चा गर्नुभयो । अभिभावकहरू सचेत भएमा युवाहरू कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताउनुभयो । 

“देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,” उहाँले थप्नुभयो, “बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।” 

मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरूसित समेत भेटघाट गरेको थियो ।
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ५९ बजे