साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ आजको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 

आइतबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिद मूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसै गरी, आइतबार अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ । 

उता, जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रुपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा कायम गरेको छ ।

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८० र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ४५ बजे