‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जनतामा नयाँ आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुई दलका बीचमा सहकार्य भएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “ जनतामा  विकासको आशा जगाउन   वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।”  

उहाँले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भन्नुभयो । “मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि  नेपाली काँग्रेस र एमालेबीचमा सहकार्य भएको थियो”, उहाँले भन्नुभयो, “मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।”

वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहनुभएका  सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनुहुँदैन भन्नुभयो । उहाँले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति  गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र र गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुन्छ , यसतर्फ हामी सचेत बन्नुपर्छ ।” 

मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भन्नुभयो । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचना प्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ४ : ११ बजे