‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।

यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताउनुभयो । 

दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताउनुभयो । उहाँले भन्नुभयो, “आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दाेष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्ने हो भन्ने भयको वातावरणमा बस्नुपरेको  छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ उहाँले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा व्यक्त गर्नुभयो ।

 विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उहाँको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ३ : ५३ बजे