साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

ढाका ।  पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ  भएको केही दिनपछि बंगलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।  

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो।

आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताउनुभयो ।  

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए ।  कारागारमा आगो लगाएर भाग्ने  प्रयास गरेपछि भएको झडपमा  कैदीहरुको मृत्यु भएको फताहले बताउनुभएको छ ।  

"कैदीहरुको अराजक गतिविधिले हामी  गोली चलाउन बाध्य भएका हौँ ", उहाँले भन्नुभयो ।  

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्लबार कैदीहरु भाग्ने प्रयासका कारण  भएको झडपमा  अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताउनुभयो ।  

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताउनुभयो । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उहाँले उल्लेख गर्नुभयो । 

हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।  

 पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ३ : ०२ बजे