‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माओवादी केन्द्रका जाजरकोटका नेता थापा एमालेमा

काठमाडौं । नेकपा माओवादी केन्द्र, जाजरकोटका नेता टेकबहादुर थापा नेकपा ९एमाले०मा प्रवेश गर्नुभएको छ ।  

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी कार्यालय, च्यासलमा नेता थापालाई खादा लगाई स्वागत गर्नुभयो । 

उहाँ तत्कालीन नेकपा (माले) जाजरकोटको संस्थापक मध्येका एक हुनुहुन्छ । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि नेकपा (माले) गठन गरी जाजरकोटको पश्चिम क्षेत्रमा संगठन विस्तार गर्ने नेताहरूमध्ये थापा पनि एक हुनुहुन्छ ।
२०५८ सालतिर माओवादीमा आवद्ध भएर क्रियाशील रहनुभएका थापा लामो समय शिक्षण पेशामा रहनुभएको थियो । माओवादी केन्द्र अझै पनि पार्टीका रूपमा विकास हुन नसकेको, व्यक्तिवाद र चर्को अवसरवादको दलदलमा फसेको निष्कर्षका साथ उहाँ पुरानै घर एमालेमा फर्कनुभएको हो ।  

पार्टी प्रवेशका क्रममा नेता थापाले नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि नेकपा (एमाले)लाई बलियो बनाउनुपर्ने धारणा राख्नु भयो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : ४६ बजे