साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु

बेरुत।  सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार देइर एजोर प्रान्तको डहलामा भएको व्र बिस्पोटमा परी छ जना बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

समूहका अनुसार इरान समर्थक लडाकुहरूले कुर्दिशको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेपछि बुधबार लडाइँ सुरु भएको थियो । 

कुर्दिशहरूको निकट सिरियन डेमोक्र्याटिक फोर्सले पनि लडाँइमा अधिकांश महिला तथा बालबालिकासहित ११ जना सर्वसाधारण मारिएको पुष्टि गरेको छ ।

अमेरिकाको समर्थनप्राप्त सिरियाली समूह (एसडीएफ) ले सन् २०१९ मा सिरियामा इस्लामिक स्टेट जिहादी समूहको स्वघोषित इस्लामिक राज्यलाई पराजित गर्ने आक्रमणको नेतृत्व गरेको थियो ।

इराकको सिमाना क्षेत्र देइर एजोर प्रान्त युफ्रेटिस नदीद्वारा विभाजित छ जहाँ दर्जनौँ स्थानीय आदिवासीको घर छ ।

इरानले एक दशकभन्दा लामो गृहयुद्धमा सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य सहयोग गरेको छ ।

हाल जिहादी विरोधी गठबन्धनको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाका करिब ९०० सैनिक सिरियामा छन् ।

सन् २०११ मा सरकार विरोधी प्रदर्शन सुरु भएदेख सुरू भएको सिरियाली गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : २७ बजे