‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 मोलुङमा फक्रिएका आठ थुँगा फूल, जसले चुमे  सगरमाथा

काठमाडौं । लहरै बसेका सात पर्वतारोहीलाई शुक्रबार भ्याई नभ्याई  थियो । कसैको विदेश जान प्लेन छुट्ने थियो भने कसैलाई कतिखेर कायक्रम सम्पन्न होला भन्ने  चिन्ता । 

संविधानसभाका सदस्य यज्ञराज सुनुवारले पनि धेरै पटक हातको घडी हेरिसकेका थिए  । कार्यक्रमको औचित्य सबैले थाहा पाएपछि त्याे दृश्य दोहोरिएन । शुक्रबार राजधानीमा ओखलढुंगा जिल्ला मोलुङ गाउँ पालिकाले  पर्वातारोहीको सम्मानमा आयोजना गरिएको एउटा कार्यक्रमको दृश्य यस्तै थियो । 

सगरमाथाको जिल्ला भनेर चिनिने सोलुको छिमेकी हो ओखलुढुंगा । सगरमाथाको काख छोएर पनि पर्यटनमा यसले त्यति उन्नति गरेको  छैन । गाउँको सिंहदरबार पाएका ओखलढुंगाका पालिकाहरू भने यसबेला पर्यटन प्रवर्धनका लागि कम्मर कसेर लागेको देखिएको छ ।  

पर्यटन प्रवर्द्धन गर्ने काममा ओखलढुंगको मोलुङ गाउँपालिकालाई गज्जबको जुक्ति फु-यो। त्यो थियो सगरमाथ आरोहीको खोजी । आरोही खोजी गर्दै जाँदा मोलुङ गाउँपालिकामा मात्र आठ जना फेला  परे । त्यो पनि एउटै वडाका सात जना थिए । वडा नं ७ मा ७ आरोही थिए भने वडा ६ मा एक आरोही । 

त्यसैले आरोहीहरूको हौसला बढाउन शुक्रबार पालिकाले अरोहीको सम्मन कार्यक्रम आयोजना ग-यो। धेरैले उनीहरूलाई एउटै पालिकामा फक्रिएका फूलका थुँगाको संज्ञा दिए । ती आरोहीहरूको उमेर २१ देखि ३८ वर्षसम्म छ।  

युवाहरू बिदेसिएको चिन्ता भएको बेला उनीहरूले भने पटक पटक सगरमाथ टेक्न हिम्मत गरेका छन् । अझै उनीहरूलाई धेरै पटक सगरमाथा टेक्ने धोको छ । 

सम्मान कार्यक्रममा बोल्दै संविधानसभा सदस्य यज्ञराज सुनुवारले अब मोलुङ  गाउँपलिकाको झण्डा सगरमाथमा फहराउने भन्दै उक्साए । रुख चढेर ओर्लन नजानेको आफ्नो संस्मरण सुनाउँदै उनले हिम्मतवालाको पाइला सगरमाथमा पर्ने बताए ।   
मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले मोलुङमा पर्यटनको धेरै सम्भावना रहेको र  यसमा गाउँ पालिकाले सक्दो प्रयास गर्ने बताउनुभयो । पालिकाका  संस्थापक पूर्वअध्यक्ष मणिराज राईले पर्यटकीय विकाका लागि तयार भएका केही योजना अधुरा भए पनि अब ती पूरा हुने आशा व्यक्त गर्नुभयो । 

नेपाल शेर्पा संघका अध्यक्ष पेम्बा शेर्पाले ओखलढुंगा जिल्लाका धेरै ठाउँमा ट्रेकिङ गन्तव्य रहेको र तिनलाई व्यवस्थित गर्न जोड दिनुभयो । आरोहीका तर्फबाट बोल्दै वाङदा शेर्पाले मोलुङ, सेप्ली, लिखुपिके ट्रेकिङ्ग मार्ग बन्नुपर्ने प्रस्ताव गर्नुभयो । 

सबैभन्दा बढी आरोही भएको वडा नं ७ का अध्यक्ष हेमबहादुर सुनुवारले पालिकाले आरोही जस्ता प्रतिभालाई सम्मान गरेर हौसला बढाउने जानकारी दिनुभयो । आज सम्मानित हुनेमा वाङदा शेर्पा, टेण्डी शेर्पा, छेपाल शेर्पा, आङबाबु शेर्पा, रामबहादुर मगर , सविन मगर, शेरे शेर्पा तेन्जिङ शेर्पा हुनुहन्छ ।  
 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ०३ बजे