‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अनेम संघ इटहरीमा बहस पत्रमाथि बहस

इटहरी ।  नेपाल महिला संघ इटहरी उपमहा नगर समिति २०  वडाका सम्मेलनमा व्यस्त रहेको छ । यही श्रावण २४ गते  स्थानीय ज्येष्ठ नागरिक सभाकक्षमा  वडा नं ५ को १० औँ सम्मेलन सम्पन्न भयो ।

उद्घाटन सत्रमा अनेम संघ र पार्टीका वडा, जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरूको भव्य उपस्थिति थियो । कार्यक्रमकी प्रमुख अतिथि  अनेम संघ,केन्द्रीय सल्लाहकार लेखक मिथिला पोखरेलले  बहस पत्र प्रस्तुत गर्नु भयो ।

बहस पत्रमा महिलाका सचेतता र  एमाले महिला समानताका लागि अत्यन्त सकारात्मक भएको यथार्थ  उल्लेख गर्नुभयो । यसैको परिणाम पैतृक सम्पत्तिमा समान अधिकार र  राज्यको नीति निर्माणमा महिलाको अधिकार प्राप्त हुन सकेको बताउनु भयो ।

उहाँले प्राप्त अधिकारलाई भरपुर सदुपयोग गर्न महिलाले बौद्धिक, वैचारिक र लेखकीय भूमिका सशक्त बनाउन विशेष ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो । 

प्रमुख अतिथि पोखरेलले अनेम संघ  र एमाले पार्टीले देश जनताका हितमा गरेका तमाम कामहरू राम्ररी जनसमक्ष उजागर गर्न ढिला भएको पनि बताउनु भएको थियो ।

अनेम संघ,नगर अध्यक्ष कमला निरौला अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,कोसी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारी, अनेम संघ,केन्द्रीय सदस्य अन्जु चौधरी, प्रदेश पार्टी सदस्य अन्जु पाण्डे,जिल्ला पार्टी  सदस्य द्वय  गायत्री लम्साल, चूडा भट्टराई, ५ नं. वडाध्यक्ष भीष्म घिमिरे,  अनेम संघ जिल्ला उपाध्यक्ष विष्णु नेपाल र ज्येष्ठ नागरिक कर्णबहादुर कार्की लगायतले समसामयिक विचार व्यक्त गर्नुभएको थियो ।

 उद्घाटन सत्र पश्चात् सम्पन्न बन्द सत्रबाट अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमशः मैना ढकाल,अन्जु निरौला,सुशीला धिताल,गीता धिताल,कमला गुरुङ सहित १९ सदस्यीय वडा समिति सर्वसम्मतिबाट निर्वाचित भएका थिए । कार्यक्रममा वडाकी  संस्थापक  मिथिला पोखरेल सहित जम्मा नौ जना अग्रज महिलालाई सम्मान गरिएको थियो ।   

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ०४ बजे