साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तोलामा रु. एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. १ हजार ५ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु. १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. १ लाख ४८ हजार १ सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु. १ लाख ४७ हजार ४ सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. १ हजार ६९० मा कारोबार भएको चाँदी आजका लागि भने रु. १ हजार ७३० निर्धारण भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : ४० बजे