सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले स्थायी कमिटीको बैठक केहीबेरमा बस्दै

काठमाडौं । नेकपा  (एमाले) स्थायी कमिटीको बैठक आज ४ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाण्ङले जानकारी दिनुभएको हो ।

नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी छ । एमाले कार्यदलका नेताहरुले पार्टी एकताको सम्बन्धमा बहस सार्थक हुदै गएको र आजै सुखद समाचार सुन्न पाइने बताउदै आउनुभएको छ । एमाले पार्टी भित्र का मतभिन्नता कम गर्ने सम्बन्धी दस्तावेजमा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा संयुक्त हस्ताक्षर गरी स्थायी कमिटीको बैठकले पार्टी एकताको घोषणा गर्ने बताइएको छ । तर, आज बिहान सिंहदरबारमा एमाले कार्यदलका नेपाल पक्षका नेताहरु नेपाल निवास जानुभएको र सहमतिको दस्तावेजमा नेपाल अझै सन्तुष्ट हुन नसकेको बुझिएको छ । 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४७ बजे