सुनको मूल्यमा नयाँ कीर्तिमान

आयोगद्वारा माओवादी केन्द्र अवैधानिक रहेको निवेदन र दावी दुवै खारेज 

काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । 

आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । आयोगले बुढाथोकीको दावीलाई अस्वीकार गरेको हो । 

निर्वाचन आयोगले माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि खारेज गरिदिएको  छ । आयोगले पराजुलीले माओवादी केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय  भएको जनाएको छ ।
 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ३८ बजे