देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारले खारेज गर्‍यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका

काठमाडौँ । सरकारले सरकारले खारेज गर्‍यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले  राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको प्रवक्ता गुरुङले बताउनुभयो । यस अघि प्रचण्ड नेतृत्व सरकारले मुख्य सचिवलाई राजीनामा गर्न लगाएर शंकरप्रसाद बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएका थियो ।

तर, केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि बैरागी राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिएसँगै यो पद आवश्यक नभएको भन्दै सरकारले  राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ९ : ४१ बजे