साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बंगलादेशमा भएको डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

बंगलादेश ।  युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुंगाा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

बंगलादेशको नदीमा मंगलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कुल मृतकको संख्या ३४ पुगेको छ । 

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बंगलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बंगलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुंगाामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताउनुभएको छ । 

“रोहिंग्याहरू म्यान्माबाट आफ्नो ज्यान जोगाउन भागिरहेका छन्”, उहाँले भन्नुभयो । 

“विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिंग्याहरू बंगलादेशतर्फ भागेका छन्,” चौधरीले भन्नुभयो । 

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बंगलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । 

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुंगााबाट बंगलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताउनुभयो ।  

“अराकान सेनाले हामीमाथि आत्मघाती हमला गर्दै छन् । उनीहरू हामीलाई रखाइनबाट भगाउन चाहन्छन्”, उहाँले भन्नुभयो ।  

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बंगलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाइ भएको चौधरीले बताउनुभयो । 

“हाम्रा सुरक्षा अधिकारी राजनीतिक झडप रोक्न व्यक्त भएकाले हामीले उनीहरूलाई तत्काल दुर्घटनास्थलमा पठाउन सकेनौँ,” चौधरीले भन्नुभयो ।  

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : २१ बजे