‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतको भित्तामा नेपालको चुच्चे नक्सा 

काठमाडौं । नेपालको संसदीय इतिहासमा केही विषयहरू मात्र संसदबाट सर्वसम्मत पारित भएका छन् ।  तीमध्ये गणतन्त्र घोषणा गर्दा र नेपाली नक्साबाट चुच्चे नक्सा पारित गर्दा । 

२०७७ साल जेठ ३१ गते  बसेको प्रतिनिधिसभाको बैठकमा एक पटक फेरि २०६५ साल जेठ १५ को जस्तै अर्को उल्लास गुन्जयमान भयो।

जसरी गणतन्त्र घोषणा गर्दा संविधानसभाको बैठक कक्षमा ५ मिनेट जति  ताली र उल्लास चढेको थियो त्यसैगरी २०७७ साल जेठ ३१ गते पनि त्यस्तै माहोल बनेको थियो।  नेपालको चुच्चे नक्सा राख्न संविधानमा संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको माहोल थियो त्यो । 

तर नेपालको  नक्सालाई अहिलेसम्म भारतले औपचारिक रूपमा स्वीकार गरेको छैन। अनेक वहाना बनाएर त्यसलाई अस्वीकार गर्दै आएको थियो ।  तर बुधबार काभा महिला भलिबल लिगको उपाधि जितेको भारतलाई नेपालको चुच्चे नक्सासहितको ट्रफी  बोक्न बाध्य भएको थियो ।

बुधबार भएको फाइनलमा नेपाललाई हराउँदै उपाधि उचालेको भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सासहितको बोकाएर  पठाएको हो । यसलाई खेल कूटनीति भने पनि यो सिधै भारतको खेलकुद मन्त्रालयको भित्तामा राखिने छ।

किन त्यो उसले यो  खेलमा विजय प्राप्त गरेको कारण  चुच्चे नक्सासहितको ट्रफी बोकेर भारतीय टोली फर्केको हो। काभा कप सेन्टर एसिए भलिवल एसोसिएसनले आयोजना गर्छ । यस पटक सेन्टर एसियाका नेपाल , भारत श्रीलंका, इरान र माल्दिभ्स सहभागि थिए।

यसको ट्रफीको डिजाइन  सोही भलिबल एसोसियनको स्वीकृतिमा  नेपालले डिजाइन गरेको थियो । जसमा भारतको पनि स्वीकृति रहने गर्छ ।  सरकारले  नस्वीकारे पनि जनस्तरबाट  चुच्चे नक्सा भारतमा स्वीकार भएको छ।  नेपालको चुच्चे नक्सा भएको यो ट्रफी अब भारतीय सरकारको  खेलुकद मन्त्रालय अन्तरगतको खेलकुद परिषद्‍मा रहने छ। 

फाइनलमा भारतले नेपाललाई ३– २ को सेटले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : १५ बजे