साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अंकले उकालो लागेर २ हजार ७६६ दशमलव ३८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अंकले उकालो लागेर ४ सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ७ उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

नेप्सेका अनुसार ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर रु. २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।

यस्तै, एनआरएन इन्फास्ट्रक्चर ८ दशमलव शून्य ४,सानिमा बैंकको ऋणपत्र ७ दशमलव ६९,आरम्भ चौतारी लघुवित्त ४ दशमलव ९३,रुरु जलविद्युत् परियोजना ४ दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ०६ बजे