‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पहिरोबाट विस्थापित उदयपुरका ३० परिवारलाई स्थानान्तरण गरिने

उदयपुर ।  वर्षाका कारण पहिरोबाट विस्थापित भएका उदयपुरको त्रियुगा नगरपालिका-१५ तोरिबारीका पहिरो पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तर गरिने भएको छ ।

गत असार २४ गते परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि विस्थापित भएका ३० घर परिवारलाई नजिकैको सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाले बताउनुभयाे ।

पहिरोमा परी विस्थापित भएर विद्यालयमा बास बस्दै आएका उनीहरूलाई अहिले बस्दै अएको स्थान भन्दा २ किलोमिटर टाढा हुवासमा जग्गा उपलब्ध गराई अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गर्न लागिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो । 

अहिले पहिरो गएको स्थानमा फेरी पनि भारी वर्षा भएमा पहिरो जाने खतरा रहेका कारण विस्थापित र उच्च जोखिम घर परिवारलाई घर टहरा बनाई बस्न पुग्ने गरी जग्गा उपलब्ध गराएर उनीहरूलाई स्थानान्तरण गर्ने तयारी गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

गत असार २४ गते सोमबार राति परेको अविरल वर्षाका कारण त्रियुगा नगरपालिका १५ खाँबु तोरीवारिमा आएको पहिरोमा परी एकजनाको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । पहिरोले अन्य किसानको घर गोठसहित खसी बाख्रा, बंगुरसमेत बगाएको थियो ।

पहिरोमा परि तोरिबारीका ७ घर परिवार पूर्ण विस्थापित भएका र २३ घर परिवार आंशिक रूपमा विस्थापित भएका त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिनुभयो । राईका अनुसार उक्त पहिरोमा अन्य २७ घर परिवार समेत उच्च जोखिममा रहेका छन् । 

पहिलो चरणमा पूर्ण विस्थापित भएका र आंशिक रूपमा विस्थापित भएका परिवारलाई स्थानान्तर गरिन लागिएको भए पनि उच्च जोखिममा रहेको परिवारलाई समेत छिट्टै स्थानान्तर गरिने वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाले जानकारी दिनुभयाे । 

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ०२ बजे