साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

काठमाडौँ । पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ ।

बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनी केही दिनदेखि बिरामी थिए । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बंगालको मुख्यमन्त्री बनेका थिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गरेकी छन् ।

ममता बनर्जीले भनिन्, म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दुखी छु ।

उनी पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहँदाका आखिरी मुख्यमन्त्री हुन् । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : ०५ बजे