साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तामाङ मुक्ति मोर्चा  प्रयोग गरेर जागिर जोगाउने कुलमानको अर्को ‘स्टन्ट’

काठमाडौं। विद्युत महसुलका विषयमा विवादमा परेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो जागिर जोगाउन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको साहरा लिँदै अर्को स्टन्ट प्रयोग गरेका छन् ।

सरकारी निकायमा रहेको एउटा कर्मचारीले सरकारसँग सिधै पौठेजेरी खेल्ने प्रयास गर्दा आफ्नो जागिर खतरामा पर्नु अघिनै जागिर जोगाउनका लागि यो मोर्चालाई प्रयोग गरेका हुन् । 

कुलमानको पक्षमा  साउन २१ गते विज्ञप्ति निकाल्दै मोर्चाले घिसिङको अवमूल्यान हुने गरी कुनै निर्णय नगर्न सरकारको ध्यानकर्षण गराएकाे  छ ।

मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानले  जारी गरेको संयुक्त विज्ञप्तिमा कुनै पनि बहानामा कुलमानलाई पदमुक्त वा कारबाही नगर्न चेतावनी दिँदै त्यस्तो भएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । 

सरकारले अहिलेसम्म कुलमान घिसिङलाई कुनै स्पष्टीकरण वा हटाउने चेतावनी दिएको छैन । उनले आफैँ तर्सिएर यस्तो स्टन्ट गरेको हुन सक्ने धेरैले टिप्पणी गरेका छन् ।  सरकारी निकायमा रहेको एउटा कर्मचारीले सरकारले अगाडि सरेको नीति कार्यन्वयन गर्नु अनिवार्य हुने व्यवस्था छ।

सरकारले गरेको निर्णय कार्यान्वयन गर्दा त्यसको जस अपसज पनि सरकारको खातामा जाने स्वाभाविक छ। तर कुलमान आफंले समानान्तर सरकारको अभ्यास जस्तै हुने गरी सरकारी नीतिको अवज्ञा गर्ने र सरकारलाई धम्क्याउन अनेक स्टन्ट प्रयोग गर्दा उनको समेत नैतिकतामा प्रश्न उठेको छ। 

यसबेला कुलमान घिसिङलाई सरकारले हटाए आन्दोलन गर्ने भनेर तामाङ राष्ट्रिय मुक्तिमोर्चाले विज्ञप्ति निकालेको  छ । कुलमानलाई प्रचण्डले नियुक्ति गरेर त्यसैबेला हटाएका हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतले अग्राधिकार दिएको मुद्दाको पेशी २८ पटकसम्म स्थगित हुँदा पनि  अहिलेसम्म न्यायको पर्खाइमा छन् ।

प्रचण्ड सरकारले हितेन्द्रदेव शाक्यलाई हटायो भनेर नेवार मुक्तिमोर्चा वा कुनै त्यस्तो समुदायले त कतै पनि विज्ञप्ति निकालेको र आन्दोलनको चेतावनी दिएको सुनिएको छैन । त्यसैले कुलमान कामले होइन स्टन्टका कारण चर्चामा छन् भन्ने एउटा उदाहरण यो पनि हो । कुलमानले त्यो स्टन्ट विज्ञप्ति निकाल्न नलगाएको भए  खण्डन हुनुपर्ने थियो । त्यो खण्डन गरेको देखिएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ११ : २० बजे