साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु,  ११ घाइते 

बैतडी ।   बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते ११ जना मध्ये चालक तारनदत्त जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुघटनामा मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ५५वर्षीय देविदत्त जोशी रहेका छन् । 

घाइते सबैको उद्धार गरी अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको र मृतक जोशीको शव पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट जन्ती बोकेर बैतडी आउँदै गरेको सु.प.प्र. ०२००१ ज ३७७ नम्बरको बोलेरो जिप पाटन नगरपालिका वार्ड न.६ को घट्टे गाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ५५ बजे