‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कामतको निधनले शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमाएका छौँ : राष्ट्रपति

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधनबाट नेपाली गीतसंगीत क्षेत्रले एक कुशल संगीत साधक र शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमाएको बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले गुरुदेव कामतको निधनमा उहाँका परिवारलाई एक समवेदना सन्देश पठाउँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो । “विभिन्न भाषाका गीत, शास्त्रीय संगीत प्रशिक्षण एवं गायनका माध्यमबाट कैयौँ कालजयी गीत, गजल र भजनका सिर्जना नेपाली गीतसंगीत प्रेमीलाई दिनुभएका कामतले यस क्षेत्रमा पुर्‍याउनुभएको योगदान नेपाल र नेपालीमाझ सदैव स्मरणीय रहनेछ”, उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले कामतको निधनले अत्यन्त दुःखी भएको उल्लेख गर्नुहुँदै उहाँको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पणका साथै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

समवेदना सन्देश सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र लहान नगरपालिकाका प्रमुख महेशकुमार चौधरीले कामतका परिवारजनलाई आज हस्तान्तरण गर्नुभएको थियो ।
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ३६ बजे