‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

गलकोट ।  बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । 

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । 

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ११ बजे