‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ०४ बजे