‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कांग्रेसले १०० दिने सांगठनिक अभियान सञ्‍चालन गर्ने

काठमाडौँ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव प्रस्तुत भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । उहाँका अनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरू प्रवेश भएका छन् ।

जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल गर्ने प्रस्ताव छ ।

उहाँले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताउनुभयो । उहाँले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्तावबारे पनि छलफल हुने बताउनुभयो ।

उहाँले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो ।

उहाँले पार्टीका विभिन्न रिक्त पदहरूको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रस्तावको विषय बनेको बताउनुभयो । क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भई जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्तावित भएको बताउनुभयो ।

समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । बैठक फेरि बिहीबार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३९ बजे