‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काभा महिला लिग : तेस्रो सेट पनि नेपालकै पक्षमा

काठमाडौँ । सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधिका लागि अहिले नेपाल-भारतबीच भइरहेको फाइनलको तेस्रो सेट नेपालले जितेको छ। यो सेटको जितसँगै नेपाल २-१ सेटले अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा नेपालले २५-२२ ले तेस्रो सेट जितेको हो। 

नेपालले पहिलो सेट २५-२३ ले जितेको हो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो।

दोस्रो सेट भने भारतले कमब्याक गर्दै नेपाललाई २५-१४ को फराकिलो अन्तरले जित्यो।

सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेका थिए। लिग चरणको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३४ बजे