‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मासु खानेक्रममा हड्डी अड्किएर एक युवकको मृत्यु 

चितवन । मासु खाने क्रममा घांँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ । तनहुंँ भिरकोट नगरपालिका वडा नम्बर ३ पिपलबारीका ५९ बर्षीय छाम बहादुर रानामगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सांँढे ८ बजे, गैंडाकोट नगरपालिका  वडा नम्बर १ गंगानगर स्थित रानामगरले छोरीको घरमा बिहानको खाना राँगाको मासुसहित खाने क्रममा हड्डी घाँटीमा अड्किन गएको थियो । उनलाई तत्काल उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा ९ः४८ बजे चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ३७ बजे