साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सात वटा बैंक मात्रै घटाए खराब कर्जा, कुन कुनले कति घटाए ? 

काठमाडौं । वाणिज्य बैंकहरूको औसत खराब कर्जा ० दशमलव ५३ प्रतिशत बिन्दुले बढेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा बैंकहरूको खराब कर्जा ३‍.५३ प्रतिशत कायम भएको छ ।

बैंकहरूले प्रकाशन गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हाे । गत वर्ष अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ । हाल सञ्चालनमा रहेकामध्ये  सात वटा बैंकहरूले मात्रै घटाउन सफल भएका छन् ।

गत वर्ष एभरेष्ट, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबिआईले मात्र खराब कर्जा घटाएका छन् । यी बाहेकका सबै बैंकहरूको खराब कर्जा अनुपात बढेको देखिएको छ ।

वित्तीय विवरण अनुसार गत वर्ष एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा न्यून रहेको छ । बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा तल नै कायम छ । गत वर्ष बैंकको खराब कर्जा ०.७१ प्रतिशत मात्रै छ । त्यस्तै, सानिमा बैंकको खराब कर्जा पनि ०.७३ प्रतिशत, नेपाल एसबिआईको २ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.२२ प्रतिशत कायम भएको छ ।

विवरणअनुसार सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको ४.९५ प्रतिशत छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९२ प्रतिशत, हिमालयन बैंकको ४.९१ प्रतिशत, प्रभुको ४.७८, लक्ष्मी सनराइजको ४.७२, प्राइमको ४.६७, ग्लोबल आइएमईको ४.३७ र सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत कायम भएको छ । 

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ३१ बजे