‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काभा महिला भलिबलमा श्रीलंकालाई हराउँदै इरान बन्यो तेस्रो

काठमाडौँ  । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । 

इरानले श्रीलंकामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्वन्द्वी भारतको सामान गर्दै छ । उक्त खेल आज साझ ५ बजेदेखि सुरु हुने छ ।
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ३६ बजे