साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचकमा १०८ अंकको वृद्धि

काठमाडौँ । मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ ।

नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २ हजार ७५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।आज नेप्से परिसूचक चार दशमलव शून्य ८ प्रतिशतले बढेको हो । ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर २ लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा रु. १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७ दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ २ दशमलव ३२, विकास बैंक ४ दशमलव ५१, वित्त ७ दशमलव ६३, होटल तथा पर्यटन ५ दशमलव १३, जलविद्युत् ५ दशमलव ७२, लगानी ३ दशमलव ८९ र जीवन बीमा ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन ३ दशमलव ५३, लघुवित्त २ दशमलव १७, म्युचुअल फन्ड १ दशमलव शून्य १, निर्जीवन बीमा ३ दशमलव शून्य ८ र व्यापार समूह ५ दशमलव ५३ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २३९ कम्पनीको शेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको रु. १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ०४ बजे