‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु (नामसहित)

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।  

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

“घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरूले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ३९ बजे