‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रहरीले जलेको अवस्थामा फेला पा-यो डाइनेष्टीको हेलिकप्टर 

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको कल साइन नाइन एन–एजेडी हेलिकप्टर दुर्घटर्ना भएको छ।  दुर्घटनाग्रस्त हेलिकप्टर नुवाकोट जिल्लाको शिवपुरी गाँउपालिका वडा नं ७ को सूर्य चौर भन्ने ठाउँमा  जलेको अवस्थामा फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका   प्रहरी सहायक निरीक्ष युगेश्वर यादवले चक्रपथलाई दिएको जानकारी अनुसार काठमाडौंबाट रसुवाका लागि उडेको सो हेलिकप्टर दुर्घटना भएको हो । 
उहाँका अनुसार हेलिकप्टरमा चालकसहित पाँच जना सवार थिए।  हेलिकप्टरमा सबार सबैको निधन भएको  हुन सक्ने प्रहरीले दाबी गरेको छ। 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा पुगेपछि सम्पर्कमा आएको थिएन । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ११ बजे