साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १ हजार ७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ३० बजे