‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बडिगाड पहिरो : घाइते सबैको उद्धार

गलकोट ।  बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियोभने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु-याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको  उपचार गरेका थिए । 

तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो । अन्य  घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु-याइएको छ ।
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : १३ बजे