मार्फामा बढ्दै पर्यटक

टीआरसीसम्बन्धी कार्यदलले  प्रधानमन्त्रीलाई आज प्रतिवेदन बुझाउने

काठमाडौं  । संक्रमणकालीन न्याय प्रक्रिया टुंग्यमउने विषयमा प्रमुख तीन दलबीच भएको सहमतिको प्रतिवेदन आज (बुधबार) प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज प्रतिवेदनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई बुझाउने छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा प्रतिवेदन बुझाउन लागिएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे शीर्ष नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको जानकारी दिएको छ । 

कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य हुनुहुन्छ । कार्यदलले विभिन्न चरणमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । 
कार्यदलमा सहमति भएको प्रतिवेदन र विधेयकमा भएको संशोधनको प्रस्तावलाई कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा पेश गरेर छलफल भएपश्चात विधेयकलाई सदनमा पेस गरिने छ । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ५० बजे