साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघलाई सर्वोच्चको वैधता

​​​​​काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली महासंघको अन्तर्राष्ट्रिय कार्यसमितिमा ११औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्य समितिलाई वैधानिकता दिने आदेश गरेको छ । 

सर्वोच्चका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले डा. केसीको कार्यसमिति वैधानिक भएको र यसले नै काम गर्न पाउनुपर्ने भन्दै दायर भएको रिट जारी गरिदिएको हो । यसअघिको सरकारले एनआरएनएको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को गठन नभएसम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारबाहीबाहेक अन्य कामकारबाही गर्न रोक लगाएको थियो ।

मन्त्रालयले संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितामा प्रभाव पार्ने, अतिरिक्त आर्थिक दायित्व वहन हुने, गैरआवासीय नेपालीहरूको एकता, पारस्परिक सहयोग र सद्भाव अभिवृद्धिमा आघात पुग्ने प्रकारका कुनै पनि गतिविधिहरू नगर्न नगराउन गैरआवासीय नेपाली सम्बन्धी नियमावली बमोजिम निर्देशनसमेत दिएको थियो । निर्वाचनमा पराजित पक्षले सरकारलाई प्रभावित पारेर संघको निर्वाचनलाई अवैध ठहर गराउन खोजेकामा अदालतले सो प्रयास असफल पारेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ५९ बजे