साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जीवन बीमा : बार्षिक डेढ अर्ब बढीको कारोबार, शीर्षस्थानमा नेपाल लाइफ, अन्यमा कुन कुन ?   

काठमाडौं ।  नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा जीवन बीमा गरेर डेढ खर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । गत आवमा ती कम्पनीहरूले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका हुन् । 

ती कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय गर्ने शीर्षस्थानमा नेपाल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिसम्ममा कम्पनीको कुल जीवन बीमा क्षेत्रमा २६ प्रतिशत हिस्सा रहेको छ । 

यसैगरी, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले भने  १९ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । उक्त कम्पनीको  कुल जीवन बीमा क्षेत्रमा १२.२८ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपाल रहेको छ ।

कम्पनीले समीक्षा अवधिसम्ममा १८ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीको कुल जीवन बीमा क्षेत्रमा ११.५८ प्रतिशत हिस्सा रहेको छ । 
 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ५५ बजे